‘प्रसाद २’ मा निश्चल बस्नेत

काठमाडौं,
फागुन ११ ।

चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यो चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठ पहिलै अनुबन्धित भएका थिए । हालै निश्चलले निर्माण टिमसँग औपचारिक सम्झौता गरेका छन् ।

‘प्रसाद २’ मा निर्देशक फेरिएपनि कलाकार भने नफेरिने भएका छन् । यो चलचित्रको कथा सञ्चारकर्मी सुशिल पौडेलले लेखेका छन् । ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चैतको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जानकारी दिएका छन् । बाग्लुङमा छायांकन हुने सिनेमाको ४५ दिनको सेड्युल राखिएको छ ।

दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा विपिन, नम्रता र निश्चलको अभिनय रहेको थियो । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको ‘प्रसाद’ बक्स अफिसमा हिट हुनुको साथै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार