गोरक्षनाथको अध्यक्षमा पुनः शैलेन्द्रराज

हेटौंडा,
फागुन १० ।

हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरमा रहेको गोरक्षनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः शैलेन्द्रराज बानियाँ चयन हुनुभएको छ । आइतबार भएको ३१ औं वार्षिक अभिभावक भेलाले बानियाँलाई तेस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा अमित विक, मोहन राई, रमिता लामा, ललिता अधिकारी, संस्थापक सदस्यबाट ज्ञानु चौलागाई, वडा प्रतिनिधि सदस्इमा १८ नम्बर वडाका सदस्य विश्वनाथ ढुंगाना चयन हुनुभएको छ । शिक्षक प्रतिनिधि सदस्यमा मीना श्रेष्ठ र प्रधानाध्याक तथा सदस्य सचिवमा योगराज खतिवडा चयन हुनुभएको छ ।

उक्त अवसरमा विद्यालयको नवनिर्मित १० कोठे भवनको पनि उद्घाटन गरिएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गर्नुभएको थियो । जापान सहयोग नियोग (जाइका)को ऋण सहयोगमा दुई तले विद्यालय भवन निर्माण भएको हो ।
भेलामा हेटौंडा-१८ का वडाध्यक्ष अनिलकुमार बानियाँ, कांग्रेस वडा सभापति राजेन्द्रराज बानियाँ, युवा समाजसेवी किरण थापा, विद्यालयका संस्थापक सदस्य रोशन थापालगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार