‘ठमेल बजारमा’ भन्दै आए अशोक र सुनिता (भिडियोसहित)

काठमाडौं,
फागुन १० ।

अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रहेको गीत ‘ठमेल बजारमा’ सार्वजनिक भएको छ । करबीर तामाङको शब्द र पदम राजन मगरको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नृत्य निर्देशक गोबिन्द राईको कन्सेप्ट रहेको छ ।

भिडियोमा अमेरिकामा बस्दै आएका निर्माता तथा अभिनेता रमेशचन्द्र राई र सीता राईको अभिनय छ । सन्दीप भुजेलको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सञ्जित घिसिङको छायांकन र सम्पादन छ ।

पाँचथर साकिबक मिक्लाजुङ् गाउँपालिका-१ मा जन्मिएका गायक अशोक, लामो समय सिङ्गापुर पुलिस फोर्समा कार्यरत थिए । पाँच वर्ष अगाडी स्वदेश फर्केका मुकारुङ पराई भूमीलाई कर्म थलो बनाए पनि, नेपाली गीत सङ्गीत क्षेत्रमा भने २०५४ सालबाट निरन्तर लागिपरेका छन । हालसम्म पाँच वटा गीती एल्बम साथै २०० जति फुटकर गीतहरूमा आवाज भरिसकेका छन् । गीतको रचना सिङ्गापुरमा कार्रत गायक तथा गीतकार करबिर तामाङ्ले गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार