तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान

✍️ सरोज बास्तोला
दोहा, फागुन १० ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागि पचहत्तर हजार आठ सय रुपैयाँ शुक्लागण्डकी नगरपालिका स्थिति उपमेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवार लाई हस्तान्तरण गरिएको छ । प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरूको सहारा बन्दै समाजले पुर्‍याएको योगदान उच्च रहेको भन्दै उपमेयर रसाइलीले समाज र सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

स्वदेश तथा बिदेशमा रहेका नेपालीबीच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारण उपचारबाट बन्चित हुन नपरोस् । न्यानो कपडा नभएर चिसोबाट पीडित हुन नपरोस् भन्ने हेतुले हामी जे जति सकिन्छ एकापसमा मिलेर समाजमा टेवा पुर्‍याउँदै आइरहेको अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनुभयो ।

समाजले भट्टराईको उपचारसँगै गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत यसै साता सबै स्थानिय तहका ७० गरिब तथा बिपन्न परिवारहरूलाई न्यानो सिरक (ब्लान्केट) सहयोगसमेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताउनुभयो । सिरक बितरण तथा पीडित परिवारलाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार