पूर्वमा ‘थेत्लङ’

काठमाडौं,
फागुन ९ ।

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरूमा प्रदर्शन हुने भएको छ । चैतदेखि प्रदर्शन हुने चलचित्रका निर्माता तथा सङ्गीतकार मनि ताम्लिङले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा, संवाद र किशोर सुब्बाले निर्देशन गरेका हुन् । चलचित्र सिक्किमको रमणीय स्थलमा छायाँकन गरिएको छ ।

सिक्किम र काठमाडौंमा सफल प्रदर्शन भइसकेको चलचित्रले विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो । प्रदर्शन पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङका विभिन्न शहरमा प्रदर्शन हुने भएको हो । चलचित्र लिम्बू भाषामा भएपनि आधुनिक कथामा रहेको छ ।

चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बालगायतले अभिनय गरेका छन् । चलचित्रमा नृत्य दिनेश माङ्मु, सङ्गीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बेको रहकोे छ ।

यसमा तपाइको मत

अन्य समाचार