हरि बंश पन्तको ‘नेपाली आँखाबाट अमेरिका नियाल्दा’ विमोचन

काठमाडौं,
फागुन ९ ।

यात्रा संस्मरण पुस्तक ‘नेपाली आँखाबाट अमेरिका नियाल्दा’ विमोचन भएको छ । शनिबार गंगबु धनेश्वरमा रहेको शिव कैलाश मन्दिरमा एक कार्यक्रमबीच हरि बंश पन्तको यात्रा संस्मरण पुस्तक ‘नेपाली आँखाबाट अमेरिका नियाल्दा’ विमोचन गरिएको हो ।

राष्ट्रिय गीतका सर्जक ब्यकुल माइलाको प्रमुख आतिथ्यतमा भएको विमोचन समारोहमा जितेन्द्र बिष्ट, केदार पाठक, नारायण रिजाल, तेजु नेपाल, हरि कृष्ण बुढाथोकी, अर्जुन पन्त, कृष्णबहादुर नेपाली, पर्वती बुढथोकीलगायतका अतिथि रहनुभएको थियो ।

पुस्तकका बारेमा बोल्दै लेखक हरि बंश पन्तले आफू अमेरिका घुम्न जादा त्यहाँ देखेका कुराहरूलाई यस पुस्तकमा समावेस गरेको बताउनुभयो । यस्तै उहाँले छिट्टै निबन्धको पुस्तक पनि पाठकमाझ ल्याउन लागेको जानकारी गराउनुभयो ।

प्रमुख अतिथि ब्यकुल माइलाले पुस्तक पढदा अमेरिका घुमिरहेको अनुभुति हुने बताउँदै सर्जकलाई बधाई तथा शुभकामना दिनुभयो । रोशन बुढाथोकीले संयोजन गरेको विमोचन समारोहमा शिव कैलाश कला मन्दिरका संरक्षक केदार पाठक, बाल एनसी मासका सिइओ तेजु नेपाल, जितेन्द्र विष्टलगायतले लेखकलाई शुभकामना तथा बधाई दिँदै पुस्तकका बारेमा बोल्नु भएको थियो ।

१०६ पृष्ठको पुस्तकमा सात ओटा शिर्षक रहेका छन् । गंगबु धनेश्वरमा रहेको शिव कैलाश मन्दिर कार्यक्रम सम्मपन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार