काठमाडौं,
फागुन ८ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको र देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको उल्लेख गरेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहने छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना छ भने बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना रहेको र बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।






