इलाम,
फागुन ४ ।
सरस्वती पूजाको अबसरमा चुलाचुली गाऊपालिका-१ अबस्थित श्री जनता मा.बि.को प्राङ्गणमा नवनिर्मित बिधाकी देवी सरस्वती माताको मन्दिर उद्घाटन भएको छ । चुलाचुली २१ नं. बाहिनी अड्डाका बाहिनीपति विजय थापाको प्रमुख आतिथ्यमा उक्त मन्दिर उद्घनटन भएको हो ।
बिद्यालय ब्यबस्थापन संघको अध्यक्ष श्री तान्छोहाङ् आङ्देम्बे सभापतित्वमा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिबी समाजसेवी, शिक्षा प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
चुलाचुली १ कमल निवासी स्व. बिष्णुप्रसाद मैनालीको स्मृतिमा उहाँको परिवारद्वारा उक्त मन्दिर निर्माण गरी बिद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो ।
मन्दिर हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बोल्दै स्व. बिष्णु प्रसाद मैनालीका छोरा प्रकाश मैनालीले बिद्यालय प्राङ्गणमा सरस्वती मन्दिर स्थापना अनुमति दिएकोमा सम्पूर्ण मैनाली परिवारलाई खुशी भएको बताउनुभयो ।
उहाँका अनुसार मन्दिर बनाउन करिब तीन लाख खर्च भएको छ । कार्यक्रममा मन्दिर बनाई दिने मैनाली परिवारलाई बिद्यालयका प्राध्यापक हरि दाहालले बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा बिद्यालयका छात्र-छात्राहरूले सरस्वती पूजा गर्नुको साथै सा-साना बालबालिकाहरूलाई अक्षराम्भ पनि गराइएको थियो ।






