बेली डान्सर निखिलाको नेपाली चलचित्रमा डेब्यू

काठमाडौं,
फागुन ४ ।

अष्ट्रेलियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिला चपागाइँ नेपाली चलचित्रमा डेब्यू गर्दैछिन् । हलिउड प्राविधिक र नेपाली सिनेकर्मीको सहकार्यमा निर्मित नेपाली चलचित्र ‘पर्पला’मा निखिला मुख्य भूमिकामा देखिन लागेकी हुन् । चलचित्रको सम्पूर्ण छायाँकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।

डान्स र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका व्यस्त रहँदै आएकी छन् । विभिन्न फेसन शोहरूमा समेत व्यस्त निखिलाले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । यसैबेला उनी अभिनेत्रीका रुपमा डेब्यू गर्न लागेकी हुन् ।

आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । जो नेपाली चलचित्रमा खलपात्रका रुपमा चर्चित छन् । चलचित्र ‘पर्पला’मा रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइँली र छवि अधिकारीको निर्माण तथा सह–निर्मातामा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइँली रहेका छन् ।

चलचित्रमा निखिलाका अवाला पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, पे्रक्षा अधिकारीलगायतको मुख्य अभिनय देख्न सकिनेछ । यस चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार