यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,
माघ २९ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । महाशाखाले हाल हाल देशभर मौसम सामान्यतया सफा रहेको र तराई तथा पहाडका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ ।

काठमाडौंमा आजको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजे काठमाडौंको तापक्रम ६.५ डिग्री सेल्यिस मापन गरिएको हो ।

यसैगरी, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं. १ मा आंशिक बदली रहने पूर्वानुमान छ । भने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं. १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार