काठमाडौं,
माघ २८ ।
मनोवादको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘यो बादल यो वर्षा’ को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुसुम गुरुङ र मौसम खड्का फिचर्ड छन् । गीतमा सुमित विश्वकर्माको एरेञ्ज छ ।
एमएचआर सुरजले निर्माण गरेको गीतको भिडियोमा निसान कस्यपको निर्देशन छ । भिडियोमा उत्सव दाहालको छायांकन, नन्द अधिकारीको मेकअप, भावना थापाको सह–निर्देशन र निर्देशक कस्यपकै सम्पादन समावेश छ ।






