काठमाडौं,
माघ २७ ।
मोडलिङ क्षेत्रलाई ब्यबसायिक रुपमा अगाडी बढाउँने सोचका साथ मोडलिङमा प्रवेश गरका छन् बिकेश शाही । मच्छेगाउँ, चन्द्रगिरी न.पा. ९ का स्थानीय शाही कलाकारिताको क्षेत्रमा केही गर्ने सोचका साथ प्रवेश गरेको बताउछन् ।
हेराकुमार शाही ‘मगचा’ र स्व. कमला शाहीको तीन भाई मध्ये कान्छा सुपुत्रको रुपमा जन्मेका बिकेश शाही नृत्य र अभिनयमा पोख्त छन् । कबिराज गहतराज निर्देशित ‘फुल भन्दा…’ बोलको उनले अभिनय गरेको म्युजिक भिडियो सार्वजिन हुने क्रममा रहेको छ । उनलाई अभिनयमा नायिका प्रिंयका कार्कीले साथ दिएकी छन् ।
सानै उमेरदेखि अभिनय, नृत्य र मोडलिङमा रुचि राख्ने बिकेश शाही भविष्यमा सफल मोडल तथा नायकको रुपमा चिनिन् चाहन्छन् । कला क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र भएकोले भविष्यमा पनि यसैलाई निरन्तरता दिने उनले बताए ।






