‘द फेस’ मोडलको उपाधि युद्ध र क्रान्ति लाई

काठमाडौं,
माघ २६ ।

‘द फेस’ प्रतियोगितामा पुरुष मोडलतर्फ युद्ध बानियाँ र महिला मोडलतर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन् । ब्यबसायिक मोडल जन्माउने उद्देश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन् ।

यस्तै सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जिते । यसैगरी द फेशको अन्य उपाधितर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईस सँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे ।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार अबेर राती आयोजना गरेको सो प्रतियोगिताको विशेष निर्णायकमा अभिनेता अनुपबिक्रम शाही तथा निर्णायकहरूमा मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दाश, अग्रज फोटोग्राफर राजभाई सुवाल थिए ।

झम्सिखेलको अर्वन पार्टी हबमा सम्पन्न यो प्रतियोगितामा एक दर्जन डिजाईनरहरुको नयाँ फेशन डिजाईन प्रतियोगीहरूले र्‍याम्पमा प्रस्तुत गरेका थिए । ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा, लोगो फेशन, लेडी बोस, त्रिदेबीलगायतले तयार गरेको पहिरनमा सजिएर प्रतियोगीहरू र्‍याम्पमा उत्रिएका थिए ।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ सम्सद शाहले नयाँ पुस्ताबाट कुशल र व्यबसायिक मोडल जन्माउन यो प्रतियोगिता आयोजना गरेको बताए । अजय गुरुङले सञ्चालन गरेको यो प्रतियोगिताको इभेन्ट कोअर्डिनेटरमा समीक्षा हुमागाई, मोडल कोअर्डिनेटरमा शर्मिला नेपाल र प्रशिक्षकमा सृजल बिक्रम शाही थिए ।

द फेसका बिजेताहरूलाई आयोजक पक्षले विभिन्न फेशन तथा र्‍याम्प शोमा प्रस्तुत गर्नुका साथै मोडलिङ सम्बन्धि अबसर प्रदान गर्ने कार्यक्रम संयोजक समीक्षाले बताईन् ।

द क्यानन फ्युजन बार र सान्मिगलको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा प्रतियोगीहरू, समर र विन्टरका फेसनमा विभिन्न सिक्वेन्समा प्रस्तुत भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार