अस्थिर उन्मुख राजनीति

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
माघ २५ ।

पछिल्लो समयमा आएर नेपालको राजनीति त्यति सहज ढङ्गले अगाडि बढ्न सकेको छैन् । राजनीति क्षेत्र नेतृत्व वर्गका कारण बदनामी बन्दै गएको देखिन्छ । राजनीति आफैमा खराब चिज होइन । राजनीतिको नाममा नेताहरूले गलत संस्कार बसाल्दै गइरहेका छन् । जसले गर्दा वर्तमान राजनीति फोहरी बन्दै गइरहेको छ । अहिले राजनीति वातावरण धमिलो बन्दै गैरहेको अवस्था छ । वर्तमान राजनीतिक घटनाक्रमले मुलुकको राजनीतिक अवस्था अस्थिरतातर्फ उन्मुख भइरहेको छ ।

राजनीतिक अस्थिरताले जनतालाई गरिबीको रेखामुनी धकेलिरहेको छ । नेपाली जनताले आवधिक चुनावको माध्यमबाट सरकार चुन्ने गर्छन । यो लोकतन्त्रको सुन्दर पक्ष हो । तर, दुर्भाग्य जनताले चुनेका जनप्रतिनिधिले नै सही नेतृत्व दिन नसक्दा बारम्बार असफलताको इतिहास दोहोरिरहेको छ । देशको राजनीतिक प्रणालीमा सुधारगरी दिगो बनाउन संविधान संशोधन गरेर पात्र परिवर्तनको व्यवस्थालाई संस्थागत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो ।

प्रत्येक आवधिक चुनावमा जनता मतदानका लागि लाइन बसेर इमानदारी साथ तिनै नेताहरूलाई छानिरहेका हुन्छन् । तर, चुनाव जितेपछि तिनै नेताले जनतालाई कुनै वास्ता गर्दैनन् । देशमा पटक-पटक राजनीतिक परिवर्तन भयो तर जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । परिवर्तनले नेताहरूको व्यक्तिगत जीवनशैलीमा मात्र आमूल परिवर्तन आयो । परिवर्तनले नेताहरूका घर, घडेरी जोडिए तर देश र जनताको भाग्य र भविष्य जोडिन भने सकेन यो नै दुखद पक्ष हो ।

जनताको जीवन शैलीमा कुनै प्रकारको तात्विक परिवर्तन आउन नसक्नु यो लोकतन्त्रको के मतलव ? लोकतन्त्र, गणतन्त्र जनताले लडेर ल्याएको व्यवस्था हो । जतिसुकै देशमा राजनीतिक परिवर्तन भएपनि जनताको मतदानमा खुलेआम उपहास भइरहेको छ । नेताहरूले आफ्नो र परिवारको हितभन्दा बढी केही पनि गर्न सकेका छैनन् । नेताहरूले जिम्मेवारी पाएर पनि देश र जनताको हित हुने काम गर्न सकेनन् । नागरिकको जीवन अवस्थामा तात्विक परिवर्तन गर्न नसक्ने राजनीतिक दल र तिनका नेताको के काम ? अहिले सम्मको दलीय व्यवस्थाको परीक्षणमा नेताहरू असफल भइसकेका छन् ।

राजनीतिक दलका नेताहरू सत्ताका लागि जे पनि गर्न तयार भएको कारण उनीहरू असफल भएका हुन ।नेताहरूको आचरण, कार्यशैलीमा सुधार नआएसम्म राजनीति सुध्रिन सक्दैन । अनि देशले विकासको कोल्टे कसरी फेर्न सक्छ ? एउटै व्यक्ति पटक–पटक पदमा दोहोरिरहन सक्ने प्रवृतिले राजनीतिक दलका युवापुस्ता र देशलाई ठूलो हानि पुगेको छ ।

राजनीतिक दलमा युवा नेताहरूको अवसर अवरुद्ध भएको छ । नयाँ र युवा नेतृत्वको विकास अवरुद्ध हुँदा राजनीतिक दलमा युवाहरूको आकर्षण घट्दो छ । पदको भागवन्डाले सबै राजनीतिक पार्टीभित्र विवाद, झगडा र भनाभन भएको देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अहिले विभाजित र गालिगलौजको प्रतिस्पर्धामा छ । नेतृत्व व्यवस्थापन हुन नसक्दा प्रतिनिधिसभा विघटन भएर नेताहरू आपसी बाझाबाझमा उत्रिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार