काठमाडौं,
माघ २४ ।
कुशल थलङको स्वरमा रहेको गीत ‘आनाकानी गर्छौ किन हौ ठूली…’ सार्वजनिक भएको छ । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेञ्जमा कुशलकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईले अभिनय गरेका छन् ।
आफ्ना भाईहरूले विवाह गरिसक्दा पनि जेठोको जीवन आनाकानीमै बितेको दिनचर्यालाई रोमाञ्चक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोको लागि सोम मगरातीको शृङ्गार, छायांकन भूपेन्द्र तुम्बाहाम्फे, पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फे, सम्पादन अनिल राना र निर्देशन दिनेश माङ्मुले गरेका छन् ।






