यस्तो छ आजको मौसम

काठमाडौं,
माघ २० ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । महाशाखाले हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

काठमाडौंको आजको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ । विहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम २.७ डिग्री सेल्सियस रहेको हो । तराईका जिल्लामा अहिले बाक्लो हुस्सु लागेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैगरी, महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र प्रदेश नं. १, सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यस्तै, आज राति प्रदेश नं. ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र प्रदेश नं. १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच, आज र भोलि मौसमी प्रणालीमा उल्लेख्य परिवर्तनको सम्भावना नदेखिए पनि विहीबारबाट भने बदलीको सम्भावना रहेको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार