काठमाडौं,
माघ १९ ।
चलचित्र निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक वेवसिरिजको सुटिङ सुरु गरेका छन । देशका बिभिन्न स्थानबाट आइ काठमाडौमा डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथालगायतका बिषय उठान गरिएको सिरिजको सोमबार भद्रकाली मन्दिरमा शुभमुर्हतसँगै छायांकन थालिएको हो ।
मन्सा मन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह छन् । हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल, सुयोग्य श्रेष्ठ, निक शर्मा, रिया श्रेष्ठ, संजिता भण्डारी, सान अधिकारी, राजाराम गौतम, सोनी बिक, सूर्यकला दाहाल, गोकुल सुवेदी, सपना श्रेष्ठ, बिन्दिया शाही, शिवन लामा, सरोज दाहाललगायत बालकलाकार अरुण कालीराजले अभिनय गर्दैछन् ।
५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी एसोसिएट डिरेक्टर रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायांकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै मन्सा मन्शी क्रियशनको युट्युवमार्फत दर्शकमाझ ल्याइने जानकारी निर्देशक अधिकारीले दिएका छन् ।






