काठमाडौंमा देखियो बर्डफ्लु

काठमाडौं,
माघ १७ ।

काठमाडौंमा बर्डफ्लु देखिएको पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङमा बर्डफ्लु देखिएको हो ।

पशु सेवा विभागका प्राविधिकहरूले शनिबार बर्डफ्लू पुष्टि भएका दुई हजार ५४४ हाँस, कुखुरा, टर्की र बट्टाई नष्ट गरेको जनाएका छन् ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषणशालामा शुक्रबार रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु (एचफाइभएनएट) पुष्टि भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार