कुमारको ‘नबोली जित्छौ तिमी’मा नरेश र करुण (भिडियोसहित)

काठमाडौं,
माघ १६ ।

कुमार दवाडीको स्वरमा रहेको गीत ‘नबोली जित्छौ तिमी’ सार्वजनिक भएको छ । सञ्चारकर्मी नरेश भट्टराई र करुणा श्रेष्ठ फिचर्ड रहेको गीतिको भिडियो सार्वजनिक भएको हो । भिडियोले दरवार बाहिरकी रानीको कथा बोल्छ ।

गीतमा होम न्यौपानेको शब्द र दीपक भट्टराईको सङ्गीत छ । गीतकार होम न्यौपाने र सङ्गीतकार दीपक भट्टराइको सहकार्यमा यसअघि पनि थुप्रै गीत सार्वजनिक भई सकेका छन् । गायक दवाडीको सोलो एल्बम छिट्टै सार्वजनिक गर्ने पनि तयारी छ । गीतको भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् ।

नरेश भट्टराई भन्छन- ‘सार्वजनिक गीत लामो समय सम्म दर्शक स्रोताले सम्झन लायक क्लासिकल गीत हो । ट्रेण्डिङमा पर्ने र छिट्टै हराउने गीत होइन पछिसम्म सुन्दा आनन्द आउने गीत भएकोले आफुले भिडियोमा काम गरेको हो ।’

भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन छ । भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार