काठमाडौं,
माघ १५ ।
बिहीबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा २१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ र पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८६० पुगेको छ । पछिल्लो समय सक्रिय संक्रमितको संख्या तीन हजार २०३ छ । यस्तै थप २९६ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ ।
देशभरका विभिन्न अस्पतालमा १७२ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । १४६ जना आइसियु र २६ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । प्रदेश १ मा चार, बागमती प्रदेशमा ४७ आइसियु र १६ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३१ आइसियु र चार भेन्टिलेटरमा र कर्णाली प्रदेशमा एक जना आइसियुमा छन् ।
यस्तै बिहीबार काठमाडौँ उपत्यकामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन् ।






