बुनु श्रेष्ठको स्वरमा ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियोसहित)

काठमाडौं
माघ ११ ।

बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘लहरोस् चन्द्र सूर्य झण्डा’ सार्वजनिक भएको छ । डा. गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको सङ्गीत तथा शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

देशप्रेमले भरिपूर्ण गीतमा गायिका बुनु श्रेष्ठ नै फिचर्ड छिन् । गायिका श्रेष्ठले दुःख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भए पनि देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको बताइन् ।

अनिल कटवालको छायांकन तथा सम्पादन रहेको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी छ । भिडियोमा गायिका बुनु श्रेष्ठकै निर्देशन छ । स्टुडियो साउण्ड मिलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ छ ।

यसमा तपाइको मत

अन्य समाचार