लक्ष्मी प्रतिष्ठानको सहयोगार्थ न्यूह्याम्पसर नेपालीयूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन

काठमाडौं,
माघ ९ ।

न्यूह्याम्पसर नेपाली समाजयुवा नेटवर्कको अगुवाईमा लक्ष्मी प्रतिष्ठानद्वारा चितवनको कान्दामा सञ्चालित कुमार बलराम स्मृति छात्रावासको सहयोगार्थ भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्याम्पसरलगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ(आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालबाट प्रतिष्ठानका उपाध्यक्षश्री बटु प्रसादन् यौपानेले संयोजन गर्नुभएको थियो । जुम र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यङ्ग्य, खेल, बाध्यवादनदेखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए ।
नेटवर्कका अभियन्ताहरू मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहानथापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममाबिभिन्न १७ सामूहिक एवं एकल प्रस्तुती प्रशारण गरिएको थियो । एक घण्टा छ मिनेट लामो कार्यक्रम न्यूह्याम्पसर नेपाली समाजको फेसबुक पेजमा पनि हेर्न सकिन्छ ।

कार्यक्रमबाट करिव तीनहजार अमेरिकी डलर नगद सङ्कलन भएको छ । सङ्कलित रकमबाट दूई हजार डलर भन्दा बढि नेपालमा कार्यरत गैह्रनाफामुलक सामाजिक संस्था लक्ष्मी प्रतिष्ठान लाई हस्तान्तरण गरिने बताइएको छ । प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामालोपन्मुख चेपाङ विद्यार्थीहरू आश्रीत कुमार बलराम स्मृति छात्राबासमा निर्माणाधिन भोजन गृह र सयनकक्षको लागि खर्च गर्नेछ । लक्ष्मी प्रतिष्ठानले उक्त भोजन गृहलाई न्यु ह्याम्पसर नेपाली समाज भोजन गृह भनि नामाकरण गरेको छ ।

नेपालीभाषा, कला र संस्कृतिलाई आउदो पुस्ताले संरक्षण र सम्बद्र्धन गरोस् भन्ने लक्ष्यका साथ यो कार्यक्रम गरिएको न्यूह्याम्पसर नेपाली समाजका पूर्व उपाध्यक्ष शान्ता विष्टले बताउनुभयो । न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरूले नेपालीपहिचानलाई जोगाउदै परोपकारी कामको समेत सुरुवात गरेकोमा सह्राहना गर्नुभयो ।

लक्ष्मी प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्यकासाथ संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने किशोर किशोरीहरूद्वारा गरिएको उक्त भर्चुअल ट्यालेन्ट सो हेर्दै लक्ष्मी प्रतिष्ठानका अध्यक्षले भन्नुभयो ‘नेपाली बालबालिकाहरू आफैँले आयोजना गरेर लक्ष्मी प्रतिष्ठानको लागि फन्ड रेज गर्न गरेको कार्यक्रम हेर्दा म खुसीले भाबुक भएँ । कार्यक्रममार्फत ईश्वर तुल्य बालबलिकाहरुले हाम्रो कर्मलाई सहि मात्र ठहराएका छैनन, आ-आफ्नो ठाउँबाट सहकार्यको थालनी नै गरेका छन् । न्यु ह्याम्पसरबाट सुरु गरिएको कार्यक्रमजस्तै कार्यक्रमहरू पुरै अमेरिकामा मात्र नभई विश्वभर फैलन सकोस् । प्रतिष्ठानद्वारा भइरहेका मानवीय कार्यहरूले हजारौ बालबालिकाहरु लाभान्वित हुन पाउन् । प्रतिष्ठानले अङ्गालेको नेपालको लागि नेपाली भन्ने मूलमार्ग र आत्माविश्वास अझदरिलो हुँदै जाओस् कामना गर्दछौ ।

यसमा तपाइको मत

अन्य समाचार