काठमाडौं,
माघ ५ ।
र्यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे)को नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ । समिर आचार्य र रोशनी थापाको स्वर र मिस्टर आर.जेको र्याप, नवराज कलाउनीको शब्द, आरजे कै सङ्गीत र मोहित मुनालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा जिबेश गुरूङ, एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र टुईन्स गर्ल समारिका तथा स्मारिका ढकालको अभिनय छ । भिडियोमा मिस्टर आरजेको पनि अभिनय छ ।
गायिका रोशनीको लगानी रहेको छ गीतमा प्रोस्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको छ । मनिषा पोखरेलको सहायक निर्देशक, हरि हुमागाईंको छायाँकन र बिकाश धमलाले सम्पादन रहेको भिडियोमा कलर भर्ने काम राजेन्द्र मोक्तानले गरेका छन् ।






