यस्तो छ आजको मौसम

काठमाडौं,
माघ ५ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको र देशका विभिन्न स्थान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको उल्लेख गरेको छ ।

महाशाखाका अनुसार काठमाडौंको आजको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको हो ।

देशको विभिन्न भू-भागमा आकाशमा बादललागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भू-भागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भन्दै सतर्क हुन विभागले भनेको छ ।

यस्तै आज दिउसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने र राति देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनुका साथै प्रदेश नं. १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार