काठमाडौं
माघ ४ ।
आइतबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५०८ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । पिसिआर परीक्षण गराउनेको संख्या २० लाख १२ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो समय ४०० कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ ।
आइतबार मोरङमा तीन, सुनसरीमा एक, सप्तरीमा एक, काठमाडौंमा १४५, काभ्रेमा तीन, चितवनमा पाँच, धादिङमा तीन, नुवाकोटमा १०, भक्तपुरमा नौ, रोमछापमा एक, ललितपुरमा २३, कास्कीमा २१, तनहुँमा दुई, नवलपरासी पूर्वमा एक, स्याङजामा दुई, अर्घाखाँचीमा एक, दाङमा तीन, पाल्पामा दुई, बर्दियामा दुई, बाँकेमा १५, रोल्पामा एक, रुपन्देहीमा सात र डडेल्धुरामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर पछिल्लो समय २०७ कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । यिमध्ये १६९ संक्रमितको आइसियुमा तथा ३८ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या एक हजार ९५९ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार ६ जनाको मृत्यु भएको थियो ।






