निशान र एलिनाको स्वरमा ‘ओए प्यारी’ (भिडियोसहित)

काठमाडौं,
माघ ३ ।

गीतकार अनिश घिमिरेको नयाँ गीत ‘ओए प्यारी’ को सार्वजनिक भएको छ । निशान भट्टराई तथा एलिना चौहानको स्वर अनिल बिरहीको सङ्गीत र केबी भन्डारीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा एक प्रेम जोडीको प्रेमिल भाव व्यक्त गरिएको छ । पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीतमार्फत प्रेमिकालाई भनिएको छ ।

गीतको भिडियोमा टीका जैसी र अज्ञात सायरले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् । गीतको भिडियो गायिका एलिना चौहानकै युट्युवबाट सार्वजनिक भएको छ ।

खोटाङका गीतकार अनिशले गीतको भाव अनुसार नै गायक गायिका चुज गरिएको बताए । उनले भने, ‘गीतहरू थुप्रै लेखेको छु । तर, असाध्यै मन परेको शब्दलाई गीत रेकर्ड गरेको हो । दर्शक तथा स्रोताले मन पराइरहनुभएको छ । यसैमा खुसी रहेको छु । केही गीतहरु रेकर्डकै क्रममा रहेको समेत उनले सुनाए ।

यसमा तपाइको मत

अन्य समाचार