✍️ डम्बर बिकेल
काठमाडौं
माघ ३ ।
आफूसँगै आफ्नो मनको क्रान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस्
फूल दिनेहरुलाई काँडा नदिऊँ म
घृणा दिई अरुलाई माया नदिऊँ म
फूललाई हेर्दा पातलाई भ्रान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् ।।
असत्यलाई सत्य कहिले नभनू म
मानव भई दानव कहिले नबनू म
जूनलाई हेर्दा तारालाई हान्ति नहोस्
मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् ।।






