मिलन चाम्सको निर्देशनमा ‘सोल्टिनी’ (भिडियोसहित)

काठमाडौं,
पुस २५ ।

पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ । प्रेम कृष्ण बजगाईंको शब्द तथा सङ्गीत र शिला बहादुर मोक्तानको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मिलन चाम्सले निर्देशन गरेको गीतको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन् । सुदिप बरालले छायाँकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

गिरिराज घिमिरेको सहनिर्देशन रहेको भिडियोलाइ सन्तोष शाहले सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार