काठमाडौं,
पुस २४ ।
निमा राय क्षेत्रीकोे स्वर, शब्द, सङ्गीत रहेको गीते ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’ बोलको गीत सार्वजनिक भएको छ । पोखरा आसपास क्षेत्रका रमणीय स्थानमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा प्राकृतिक सुन्दर दृश्यहरू कैद गरिएको । दर्जनौ भिडियो निर्माण गरिसकेका कलाकारसमेत रहेका राजकुमार महर्जनले निर्देशन गरेको गीतको भिडियोमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगीता बनमालीलगायतका कलाकारको अभिनय छ ।
स्वरुप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजन मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण भएको हो । भिडियोलाई गायकको आफ्नै युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
बिगतका आफ्ना प्रस्तुति जस्तै सार्वजनिक भिडियोलाई पनि दर्शक, स्रोताले मनपराई दिनुहुनेमा आशावादी रहेको निर्देशक राजकुमार महर्जनले बताउनुभयो ।






