काठमाडौं,
पुस २४ ।
साझा प्रकाशन, सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजय सुब्बा निर्वाचित हुनुभएको छ । शुक्रबार गरिएको मतगणनाको क्रममा ४१२ मत ल्याएर सुब्बा निर्वाचित हुनु भएको हो ।
मंगलबारदेखि सुरु भएको मतदान शुक्रबार सकिएको थियो । कुल ६४३ मत खसेकोमा अध्यक्ष पदका अर्का प्रत्यासी प्रजातान्त्रिक खेमाका जीवनचन्द्र कोइरालाले १८३ मत ल्याउनु भएको थियो ।
जम्मा १४५७ जना सेयरधनीले मतदान गर्न पाउनेमा आधा पनि मत खसेन । अध्यक्षबाहेकका तीन जना सञ्चालकहरू यसअघि नै निर्विरोध चयन हुनुभएको थियो । जसमध्ये महिलातर्फ सीता कुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन हुनु भएको थियो । दुई सदस्यीय लेखा सुपरीवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी दिएका थिएनन् ।
साहित्यकार सुब्बा यसअघि पनि साझा प्रकाशनको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसक्नु भएको थियो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद हुनुहुन्छ ।






