आजको मौसमः पूर्व र सुदूरपश्चिम क्षेत्रमा आंशिक बदली, तराईका भू-भागमा कुहिरो

काठमाडौं,
पुस २४ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालको मौसममा भारतको कर्णाटकदेखि गुजरातमा उत्पन्न न्युन चापीय रेखाको आंशिक प्रभाव रहेको र प्रदेश १ को पहाडी भू-भागको मौसम आंशिक बदली भएको साथै तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको उल्लेख गरेको छ ।

देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम चार डिग्री सेल्सियस रहेको थियो ।

आज दिउँसो प्रदेश नं. १ र सुदुरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने तथा देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राति प्रदेश नं. १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने तथा देशका बाँकी भू-भागको मौसममा आंशिक बदली हुन सम्भाव रहेको विभागले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार