काठमाडौं,
पुस २२ ।
बुधबार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ७०६ जनाको पिसिआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ पुगेको छ भने पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६४ हजार १६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बुधबार थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोेरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५६ हजार १६१ पुगेको छ ।
बुधबार देशभरका विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा २२७ जना कोरोना संक्रमित उपचाररत छन् । १९७ जना आइसियू र ३० जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । यस्तै, एक हजार ६०८ जना संक्रमित होम आइसोलेसनमा छन् । पाँच हजार १३३ कुल सक्रिय संक्रमितमध्ये एक हजार ६०८ संक्रमित होम आइसोलेसनमा रहेका हुन् । बाँकी तीन हजार ५२५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
बुधबार झापामा दुई, मोरङमा ११, धनुषामा एक, पर्सामा दुई, बारामा दुई, काठमाडौंमा १५९, काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा २४, रामेछापमा एक, ललितपुरमा ५०, सिन्धुलीमा एक, कास्कीमा २७, गोरखामा एक, तनहुँमा दुई, नवलपरासी पूर्वमा चार, म्याग्दीमा एक, लमजुङमा तीन, बागलुङमा दुई, स्याङ्जामा एक, अर्घाखाँचीमा १०, कपिलवस्तुमा चार, गुल्मीमा पाँच, दाङमा चार, नवलपरासीमा पाँच, पाल्पामा सात, बर्दियामा एक, बाँकेमा १२, रोल्पामा तीन, रुपन्देहीमा २५, कञ्चनपुरमा एक र कैलालीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८९९ जना पुगेका छन् । यसअघि मंगलबार आठ जना संक्रमितको मृत्यु भएको थियो ।






