देशभरको मौसममा बदली, केही ठाउँमा हिमपात र वर्षा

काठमाडौं,
पुस २१ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली रहेको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बागमती र प्रदेश नं. १ को भू-भागहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । आज पनि देशभरको मौसम बदली भएको भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण गएको आइतबारदेखि देशभरको मौसम बदली भएको छ । यो प्रणालीको प्रभाव भोलिदेखि भने कम हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भई हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बागमती र प्रदेश नं. १ को भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार