स्पर्श म्युजिक भिडियो अवार्ड मा मौसमी मल्ललाई ब्लकबस्टर क्विन सम्मान

काठमाडौं,
पुस २० ।

टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार पहिलो पटक ‘स्पर्श म्युजिक भिडियो अवार्ड-२०२०’ आयोजना गरेको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

आयोजक संस्थाले दिएको जानकारी अनुसार समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । समारोहको विशेष आकर्षण अभिनेत्री मौसमी मल्लको सम्मान रह्यो । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी यी अभिनेत्रीलाई नृत्य निर्देशक कमल राईले ब्लकबस्टर क्विनको उपाधिसहित सम्मान गरिरहँदा समारोहमा उपस्थित सम्पूर्ण दर्शकदीर्घाले ताली बजाएर सम्मान व्यक्त गरेको थियो । समारोहमा नृत्य निर्देशक कमल राईले तीन दशक भन्दा अघिदेखि मौसमी मल्लले नेपाली फिल्मलाई पु¥याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउँदा आफू भावुक भएको बताए ।

सम्मानित अभिनेत्री मल्लले पनि नेपाली चलचित्रलाई जीवन अर्पण गरे पनि पहिलो पटक यसरी सम्मानित हुन पाउदा गौरवान्ति भएको बताइन् । ‘कामले म सधैं नम्बर वान नै रहें, तर फिल्म क्षेत्रले मलाई कहिले सम्झिएन, आज छोराका उमेरका दुई युवा अभिनेताहरु ९एसराज गराज तथा दिक्पाल कार्की० ले आफ्नो पहिलो समारोहमै मलाई सम्झिएर यसरी सम्मान गरिदिएकोमा म खुशी भएकी छु,’ अभिनेत्री मल्लले सुनाइन् । समारोहमा अभिनेत्री मल्लले फिल्म ‘झुमा’को आफ्नै लोकप्रिय गीत ‘बोल बोल’ मा नृत्य गरेकी थिइन् ।

समारोहमा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानलाई सदावहार सांगीतिक जोडीको रुपमा सम्मान गरियो । समारोहमा पत्रकार कृष्ण भट्टराईलाई मनोरञ्जन क्षेत्रको उत्कृष्ट पत्रकारको रुपमा पुरस्कृत गरियो । अभिनेताद्वय एसराज गराज तथा दिक्पाल कार्कीद्वारा सञ्चालित उक्त समारोहको प्रारम्भमा अभिनेत्री पवित्रा आचार्यले आकर्षक स्वागत नृत्य गरेकी थिइन् । कार्यक्रमको क्रममा अभिनेताद्वय गराच तथा कार्की, अशोक, बिक, मनोज बिक आदिले पनि आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा हास्य अभिनेता गोपाल ढकाल छन्देले केही व्यंग्यात्मक प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । स्पर्श म्युजिक भिडियो अवार्डमा कुमारी बैंक मुख्य प्रायोजकको रुपमा आवद्ध भएको थियो ।

अवार्ड विजेता

जुरी एण्ड क्रिटिक अवार्ड

इमर्जिङ मोडल- मावन तामाङ थिङ
बेस्ट इन्डिजिनियस मोडल-माया लामा
बेस्ट किड मोडल-अपेक्षा शेरचन (आफ्नो जमिन)
बेस्ट डेब्यू मोडल (लोकदोहोरी)-याङजोर कार्की (दुख्ने मुटु)
बेस्ट डेब्यू मोडल (पप-मोर्डन)-अभिषेक ओली (जब सम्म)
मोडल मोडल (जुरी)-पवित्रा आचार्य (भन्दे)
बेस्ट डेब्यू सिंगर (फिमेल)-रञ्जिता लिम्बु
बेस्ट लिरिसिष्ट-गोविन्द प्रसाद क“डेल
बेस्ट सिनेमाटोग्राफर-दिव्य सुवेदी
बेस्ट म्युजिक भिडियो डाइरेक्टर-आदित्य बुढाथोकी
बेस्ट मोडल (क्रिटिक)-तेलुजा खतिवडा (धेरै पछि)
बेस्ट डेब्यू सिंगर (मेल)-आयुष अर्याल

मेकअप एण्ड हेयर
इमर्जिङ मेकअप आर्टिष्ट-सजना खतिवडा
बेस्ट मेकअप आर्टिष्ट-कविता टोलाङ्गी
बेस्ट हेयर डिजाइनर-पूनम श्रेष्ठ

इमर्जिङ क्याटागोरी
बेस्ट इमर्जिङ कोरियोग्राफर (मेल/फिमेल)-मनोज बिक/सरिता खड्का
बेस्ट इमर्जिङ सिंगर-निरुता राई
बेस्ट इमर्जिङ मोडल (मेल/फिमेल)-जोर्डन राजभण्डारी/प्रशंसा रायमाझी
बेस्ट इमर्जिङ डाइरेक्टर-प्रहिल कार्की

इन्डिजिनियस क्याटागोरी
बेस्ट मोडल इन्डिजिनियस (मेल/फिमेल)- डा.सरोजकुमार यादव/समिता गिरी
बेस्ट म्युजिक भिडियो (इन्डिजिनियस)- सोला श्रृंगार

(थारु भाषा)
डेब्यू क्याटागोरी
बेस्ट मोडल डेब्यू (पप/मोर्डन, मेल/फिमेल)-आषिश कुमार रौनियार/रुबिष्का श्रेष्ठ
बेस्ट मोडल डेब्यू (लोक दोहोरी)-रुबेस बराइली
बेस्ट सिंगर डेब्यू (पप/मोर्डन, मेल/फिमेल)-आदित्य बुढाथोकी/काब्या गुरुङ
बेस्ट डाइरेक्टर (डेब्यू)-गोपाल ढकाल छन्दे (बाटो भन)

लोक दोहोरी क्याटागोरी
बेस्ट मोडल (लोकदोहोरी)-अनु पराजुली (केशरी)
बेस्ट सिनेमाटोग्राफर-महेश महरा (साइत)
बेस्ट डाइरेक्टर (लोकदोहोरी)-चित्र मास्के मगर (राम कसम)

पप/मोर्डन क्याटागोरी
बेस्ट किड मोडल-परिष्ना बास्तोला (गोलो गोलो अण्डा)
बेस्ट लिरिसिस्ट- दधी अधिकारी (मेरो माया)
बेस्ट म्युजिक डाइरेक्टर-अर्जुन बोसेल (गोठालो)
बेस्ट सिंगर (मेल/फिमेल)-सपन राई/रानी शाक्य/सुमिता राई
पपुलर मोडल (मेल/फिमेल)-दिक्पाल कार्की/एलिजा गौतम
पपुलर सिंगर (मेल/फिमेल)- प्रताप दास-तायाहाङ्मा राई
बेस्ट सिनेमाटोग्राफर-मुकेश हुमागाईं (ए सानु)
बेस्ट मोडल-पल शाह (मायालु तिमी कता छौ)
बेस्ट म्युजिक भिडियो डाइरेक्टर-मिलन चाम्स
बेस्ट म्युजिक भिडियो-फोटो फिरिममा

स्पेशल क्याटागोरी
ब्लकबष्टर क्विन-मौसमी मल्ल
सेलिब्रेटी फेसन डिजाइनर-सुक्निता चौलागाईं
पपुलर डाइरेक्टर-गोविन्द राई
सोसल हिरो अवार्ड-ओम जैसी
बेस्ट इन्टरटेन्मेन्ट जर्नालिष्ट – कृष्ण भट्टराई
लिजेण्डरी कोरियोग्राफर-कमल राई
सदावहार सांगीतिक जोडी-कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान

यसमा तपाइको मत

अन्य समाचार