थप ४१९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं,
पुस १८ ।

शनिबार थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय पाँच हजार जनाको पिसिआर परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७०२ पुगेको छ भने कुल संक्रमितको संख्या दुई लाख ६१ हजार ४३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय पाँच हजार ७११ सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो समय ७५० जना संक्रमण मुत्त भएका छन् । योसँगै कोरोना संक्रमण मुत्त हुनेको संख्या दुई लाख ५३ हजार ८५७ पुगेको छ । हाल ३६७ जना क्वारेन्टिनमा र पाँच हजार ७११ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल २५४ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २१८ जना आइसियु र ३६ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै, देशभर हाल दुई हजार २३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पाँच हजार ७११ कुल सक्रिय संक्रमितमध्ये दुई हजार २ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेका हुन् । बाँकी तीन हजार ४७७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

शनिबार इलाममा एक, ओखलढुंगामा एक, झापामा सात, भोजपुरमा एक, मोरङमा १५, सुनसरीमा नौ, बारा र महोत्तरीमा एक-एक, काठमाडौंमा १२४, काभ्रेमा नौ, दोलखामा चार, धादिङमा तीन, नुवाकोटमा दुई, भक्तपुरमा पाँच, मकवानपुरमा चार, रामेछापमा आठ, ललितपुरमा २५, सिन्धुपाल्चोकमा दुई, सिन्धुलीमा तीन, कास्कीमा ३९, गोरखामा दुई, तनहुँमा दुई, पर्वतमा तीन, म्याग्दीमा पाँच, लमजुङमा दुई, बागुलङमा पाँच, स्याङजामा चार, अर्घाखाँचीमा एक, कपिलवस्तुमा आठ, गुल्मीमा तीन, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १३, प्युठानमा दुई, बर्दियामा चार, बाँकेमा १४, रुपन्देहीमा १९, कालिकोटमा एक, जुम्लामा एक, दैलेखमा तीन, सुर्खेतमा एक, अछाममा एक, कञ्चनपुरमा १८, कैलालीमा २२, डडेल्धुरामा एक, दार्चुलामा पाँच, बझाङमा चार र बैतडीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८७० पुगेको छ । यसअघि शुक्रबार आठ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार