बुधबार थपिए ५११ जना कोरोना संक्रमित

काठमाडौं,
पुस १५ ।

बुधबार थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ११० जनाको पीसीआर परीक्षण गर्दा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ । यस्तै थप ६०० जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ५१ हजार ९१२ पुगेको छ ।

बुधबार २५४ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २१७ जना आइसियु र ३७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, देशभर दुई हजार ८२३ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । ६ हजार ३०० कुल सक्रिय संक्रमितमध्ये दुई हजार ८२३ जना संक्रमित होम आइसोलेसनमा रहेका हुन् । बाँकी तीन हजार ४७७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना संक्रमित थपिएका हुन् । यस्तै बुधबार खोटाङमा दुई, झापामा ६, ताप्लेजुङमा एक, मोरङमा आठ, सुनसरीमा सात, धनुषामा एक, पर्सामा एक, काभ्रेमा ६, चितवनमा १६, दोलखामा नौ, धादिङमा चार, नुवाकोटमा एक, रामेछापमा चार, सिन्धुपाल्चोकमा एक र सिन्धुलीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ५०, गोरखामा एक, तनहुँमा ६, नवलपरासीमा पूर्वमा दुई, म्याग्दीमा एक, बागुलङमा तीन, स्याङजामा दुई, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा तीन, गुल्मीमा सात, दाङमा सात, नवलपरासीमा तीन, पाल्पामा १०, बर्दियामा चार, बाँकेमा पाँच, रुकुम पूर्वमा एक, रुपन्देहीमा १९, डडेल्धुरामा दुई, डोटीमा एक र बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८४७ पुगेको छ । यसअघि मंगलबार ८ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार