महामारीमा खटिने चलचित्रकर्मीलाई कलाकार संघले सम्मान गर्ने

काठमाडौं,
पुस १२ ।

नेपाल चलचित्र कलाकार संघले आफ्नो साधारण सभाको क्रममा कोरोना भाइरस संक्रमण (कोभिड-१९) तथा लकडाउनको अप्ठायारो परिस्थितिमा अहोरात्र खट्ने चलचित्रकर्मिहरूलाई सम्मान गर्ने भएको छ । लकडाउनको क्रममा अप्ठायारोमा पर्ने कलाकार, चलचित्रकर्मी, विभिन्न संघर संस्था, पीडित नागरिकलाई राहत तथा सहयोग प्रदान गर्नका लागि खटिने चलचित्रकर्मीलाई विशेष सम्मान अर्पण गरिने नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन् ।

कोभिड–१९ को महामारीमा आफ्नो ज्यान नै जोखिममा राखेर निरन्तर चलचित्रकर्मी, कलाकार तथा पिडित जनताहरूको लागि राहत वितरण र राहत सङ्कलनगरी सामाजिक उत्तरदायित्वमा उदारणीय भूमिका निर्बाह गरेकोमा उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै बिशेष सम्मान गर्न लागिएको हो ।

कलाकार निर्मल शर्मा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा, सञ्चारकर्मी सूर्य चन्द, अभिनेता राज घिमिरे, निर्देशक एभरेष्ट सुर्य बोहरा तथा अभिनेत्री रिया श्रेष्ठलाई सम्मान गर्न लागिएको संघले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार