काठमाडौं,
पुस १० ।
गायक तथा कलाकार भीमसेन टी लामाको निर्देशन रहेको गीतको भिडियो ‘शीत सँग’ सार्वजनिक भएको छ । वसन्त वित्यासी थापाको शब्द, लक्ष्मण केसीको स्वर, अष्ट लामाको सङ्गीत र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा कैलाश भण्डारी, सफिया चाम्लिङ, राम बी पौडेल, आभुषण कार्की, माधवप्रसाद घिमिरे, रामचन्द्र गुरागाईंको अभिनय छ । दीपेन बस्नायतको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियो भकारी एमडीसीको बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।
‘मुसुक्क हाँसी दिदा ज्यानै लुट्यो…’ जस्ता थुप्रै लोकप्रिय गीत मा स्वर दिएका र थुप्रै चलचित्रमा अभियन गरेका भीमसेन टी लामाको निर्देशन भने यो पहिलो हो । ‘मेरो पहिलो निर्देशन रहेको गीतको भिडियो दर्शकमाझ आएको छ कस्तो छ प्रतिक्रियाको अपेक्षा गरेको छु’, भीमसेनले भने ।






