काठमाडौं,
पुस १० ।
सरु गौतम र विनायक बसेलको स्वरमा रहको गीत ‘क्यारम तनी’ सार्वजनिक भएको छ । सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के. सी. र नारायणबहादुर पाण्डेको अभिनय देख्न पाईन्छ ।
गीतको शब्द/संगीत भीम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ तथा मास्टरिङ दीपकराज विश्वकर्माको छ । देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायाँकन उत्सव दाहाल, सम्पादन तथा कलर विकास दाहाल, प्रोडक्सन मेनेजर दीपेन गौतम (माईकल), सहायक नृत्यनिर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् । गीतको भिडियो डीएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको छ ।






