काठमाडौं,
पुस ७ ।
मंगलबार थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय सात हजार जनाको पिसिआर परीक्षण गर्दा ७२२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ५५ हजार २३६ पुगेको छ भने नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर हाल ३०८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २६० जना आइसियु र ४८ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । प्रदेश १ मा १८ आइसियु र तीन भेन्टिलेटरमा, प्रदेश २ मा सात आइसियु र चार भेन्टिलेटरमा बागमती प्रदेशमा १०२ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ८१ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४४ आइसियु र दुई भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आइसियु र दुई भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा चार आइसियुमा छन् । यसअघि सोमबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३३६ थियो ।
यस्तै, देशभर मंगलबार चार हजार २६४ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । सात हजार ७२९ कुल सक्रिय संक्रमितमध्ये चार हजार २६४ जना संक्रमित होम आइसोलेसनमा रहेका हुन् भने बाँकी तीन हजार ४६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
काठमाडौ उपत्यकामा बुधबार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३०० जना, भक्तपुरका २३ र ललितपुरका ४२ जना कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा एक लाख १८ हजार ७८७ जना संक्रमित भएका छन् । हालसम्म काठमाडौंमा ९५ हजार २०९, ललितपुरमा १४ हजार ८९१ र भक्तपुरमा आठ हजार ६८७ जना कुल संक्रमितको संख्या रहेको छ ।
यस्तै मंगलबार इलाममा एक, उदयपुरमा तीन, ओखलढुंगामा दुई, खोटाङमा एक, झापामा पाँच, ताप्लेजुङमा एक, तेह्रथुममा दुई, धनकुटामा एक, भोजपुरमा एक, मोरङमा ४०, सुनसरीमा २६, सोलुखुम्बुमा एक, धनुषामा चार, बारामा एक, काभ्रेमा २३, चितवनमा ३७, दोलखामा चार, धादिङमा एक, नुवाकोटमा चार, मकवानपुरमा १८, सिन्धुपाल्चोकमा तीन, सिन्धुलीमा दुई, कास्कीमा ३१, गोरखामा तीन, तनहुँमा नौ, नवलपरासी पूर्वमा ६, लमजुङमा तीन, बागुलङमा तीन, स्याङजामा चार, अर्घाखाँचीमा पाँच, कपिलवस्तुमा एक, गुल्मीमा ६, दाङमा पाँच, नवलपरासीमा सात, पाल्पामा ६, बर्दियामा १२, बाँकेमा ६, रुपन्देहीमा २० र कालिकोटमा एक, जाजरकोटमा दुई जना, जुम्लामा एक, डोल्पामा तीन, दैलेखमा तीन, सल्यानमा दुई सुर्खेतमा १४, अछाममा दुई, कैलालीमा तीन, डडेल्धुरामा चार, बझाङमा चार र बैतडीमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ७९८ पुगेको छ । यसअघि सोमबार सात जना संक्रमितको मृत्यु भएको थियो ।






