‘म जुन बनिदिन्छु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस ६ ।

रञ्जित गजमेरको सङ्गीत र गोपाल लोहारको शब्दमा रहेको प्रेमिल शैलीको गीत ‘म जुन बनिदिन्छ’ को भिडियो सार्वजनिक भएको छ । प्रविशा अधिकारी र सुरेश लामाको स्वर रहेको गीतमा रंजित गजमेरको नै सङ्गीत संयोजन छ ।

इन्ज़मम अली खान र जानकी थापालाई गीतको भिडियोमा रोमाण्टिक मुडमा देख्न सकिन्छ । रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् ।

विकाश दहालको भिडियोमा सम्पादन छ । भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो । गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार