काठमाडौं,
पुस ६ ।
२१ डिसेम्बर वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । यसलाई विन्टर सोल्सटिस भनिन्छ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज पर्न गएको हो ।
दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । गत वर्ष छोटो दिन २२ डिसेम्बमा परेको थियो, तर यसपटक २१ डिसेम्बर अर्थात् आज परेको छ । यसअघि सन् २०१७ मा पनि विन्टर सोल्सटिस २१ डिसेम्बरमा नै परेको थियो ।
अहिलेको पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पर्न गएको बताइन्छ । हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ । जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ । हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरू बताउँछन् ।
विन्टर सोल्सटिसमा चिसो बढ्न सुरु हुन्छ । आजदेखि उत्तरी गोलार्द्धमा चिसोको सुरुवात र दक्षिणी गोलार्द्धमा गर्मीको सुरुवात मानिन्छ ।






