काठमाडौं
मंसिर ३० ।
नुवाकोटकी कवि भैरवी भूगोलले लेखेको कविता ‘नेपालको गीत’ राष्ट्रिय कविता महोत्सवमा प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६३औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव २०७७’ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘संकल्प’ द्वितीय भएको छ ।
त्यस्तै, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’ तृतीय, दोलखाकी कवि देवकी अभिलाषीको ‘आमा : एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएको प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






