धुव्र लोहागनको ‘आइतबारे कोसेली’

✍️ धुव्र लोहागन
सिक्किम
मंसिर २१ ।

‘चोरनी’
एउटी राम्री गोरी केटी थिई
जिन्दगीमा माया पाईन भन्थी
उसलाई मैले धेरै नै माया दिएँ
मेरो माया लगेर कता गई गई
मेरो अँगालो मै थिई हेर्दा हेर्दै लापत्ता भई ।

——-

‘प्रेरणा’
प्रिय प्रेरणा ! तिम्रो मायाको सहारामा बाँच्छु
तिमी बिना म रित्तो र अधुरो छु
हरपल म तिम्रो यादमा हुन्छु
फोनमा रेकर्डिङ भएको तिम्रो स्वर दिनहुँ सुन्छु
माग के माग्छौ म सबकुछ दिन्छु ।
भनेको त-
ऊ अझ प्रेरित भइछे
म जस्तै एकजना दीवाना मेरिड मान्छे खोजिछे
भेटिछे
पट्टाईछे
म सित जस्तै मरीमेटिछे
मेरो मायाको तृष्णा पनि ऊ सित नै मेटिछे ।

—–

‘कसम’
तिमीले मन्दिरको दियो छोएर कसम नखाएको भएपनि हुन्थ्यो
तिमीले कसम नखादैमा मेरो माया कहाँ मर्थ्यो
नखानु खाई हाल्यौ
अब के गर्छौं ?
कि झुटो भइदेऊ
कि जुठो भइदेऊ
कसमको पिराई सहिदेऊ ।
कसमले साँच्चै पिर्छ भन्छन्
कसम तिम्रै हो
सहने जिम्मा पनि तिम्रै हो
तिमी मेरो नभएपनि यो जुनिभरी म तिम्रै हो ।

——-

‘अस्थायी विकल्प’
म त खाली ठाउँ भर्ने मात्र भएछु
वैकल्पिक व्यवस्थाको भार वहन गर्नेमा परेछु
उसको पूर्व प्रेमीले सरी भन्यो अरे
फरको ज्याकेट र जिन्स प्यान्ट किनिदिएर फकायो अरे
अब म चाहिन्दैन अरे उसलाई उतै फर्कायो अरे ।

—–

‘एउटा जटिल प्रश्न’
होला हाम्रो सम्बन्ध अवैध होला
तर माया त चोखो र पवित्र छ नि
माया पनि कहाँ अवैध हुन्छ र
दुइ मुटु एक भएपछि
सम्बन्ध होस् या माया
वैध नै हुन्छ, होइन र ?

यसमा तपाइको मत

अन्य समाचार