थप १२ सय ७२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं,
मंसिर १९ ।

शनिबार थप एक हजार २७२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप एक हजार ५७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख २१ हजार ८४७ पुगेको छ । कोरोना संक्रमणको आशंकामा पछिल्लो समय थप आठ हजार ३१ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पिसिआर भएकोे छ ।

शुक्रबार १५ हजार ४४७ जना सक्रिय संक्रमितमध्ये १० हजार ३९४ जना होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा पाँच हजार ९७४ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, लुम्बिनी प्रदेशमा ४५९, सुदूरपश्चिम प्रदेशमा ५५८, गण्डकी प्रदेशमा ४५९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा छन् ।

शुक्रबारसम्म ३८२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ जना संक्रमित आइसियूमा उपचाररत छन् । आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ जना आइसियू र ३१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७५ जना आइसियू र तीन जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आइसियू र आठ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ आइसियू र एक जना भेन्टिलेटरमा, सुदुरपश्चिममा सात जना आइसियू र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आइसियू र नौ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ जना आइसियू उपचाररत छन् । यसअघि बिहीबार ४५३, बुधबार ४२९, मंगलबार ४३३, सोमबार ४३३ र आइतबार ४१४ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत थिए ।

काठमाडौं उपत्यकामा शुक्रबार थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४४०, ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा एक लाख ११ हजार ५४६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । हालसम्म काठमाडौंमा मात्र ८९ हजार ७२८ जना संक्रमित भएका छन्, ललितपुरमा १३ हजार ६९८ र भक्तपुरमा आठ हजार १२० जना संक्रमित भएका छन् ।

यस्तै शनिबार इलाममा आठ, उदयपुरमा तीन, ओखलढुंगामा एक, खोटाङमा एक, झापामा ३०, ताप्लेजुङमा एक, तेह्रथुममा एक, धनकुटामा दुई, मोरङमा ६१, संखुवासभामा तीन, सुनसरीमा ३६, धुनषामा १३, पर्सामा एक, बारामा पाँच, महोत्तरीमा एक, रौतहटमा एक, सप्तरीमा दुई, सर्लाहीमा चार, सिरहामा नौ, काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा पाँच, नुवाकोटमा दुई, मकवानपुरमा १२, रामेछापमा दुई, सिन्धुलीमा एक, सिन्धुपाल्चोकमा सात, कास्कीमा ७९, गोरखामा सात, तनहुँमा तीन, नवलपरासी पूर्वमा २८, पर्वतमा एक, म्याग्दीमा नौ, लमजुङमा दुई, बागलुङमा तीन, स्याङ्जामा ११, अर्घाखाँचीमा पाँच, कपिलवस्तुमा एक, गुल्मीमा २१, दाङमा २१, नलवपरासीमा नौ, पाल्पामा १९, प्यूठानमा पाँच, बर्दियामा सात, बाँकेमा ३०, रोल्पामा एक, रुपन्देहीमा ३६, दैलेखमा दुई, अछाममा ४०, कञ्चनपुरमा सात, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा तीन, दार्चुलामा नौ र बैतडीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा एक हजार ५६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार