दलहरू सबल र प्रभावकारी हुँदा मात्र लोकतन्त्र बलियो हुन्छ

✍️डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर १८ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक बिवाद अझै समाधान हुन सकेको छैन । लामो समयदेखिको अध्यक्षद्वयबीच देखिएको असमझदारी सतहमा आएको छ । नेकपाको नेतृत्वमा करिब दुईतिहाइको बहुमतको सरकार छ । यो ऐतिहासिक अवसरको सदुपयोग नेकपा र सरकारले गर्न सक्नुपर्ने थियो तर सकेन ।

अब नेकपा आफ्ना कमीकमजोरीहरू सुधार गर्दै आत्मसमीक्षाका साथ एक भएर अघि बढ्नुपर्ने आबश्यकता देखिएको छ । यो देशको आबश्यकता हो । यो झगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन, व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो ।अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाङ्काक्षासँग सम्बन्धित छ । नेकपाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न सकेन । आपसी झगडामा मात्र समय बितायो ।

देश सङ्क्रमणको महामारीबाट गुज्रिराखेको छ । यस्तो अवस्थामा दलका नेतृत्व तहमा रहनेहरू आपसी विवादमा रुमल्लिरहेका छन ।

नेकपाभित्र स्पष्ट रूपमा गुट र उपगुटहरू देखिएका छन् । यो अवस्था लोकतन्त्र, देश र नेतृत्व तहमा रहनेहरू सबैका लागि हितकर छैन । यदि पार्टी विभाजन भयो भने ठूलो दुर्भाग्य हुनेछ । यसबाट देशको लोकतन्त्र र समग्र राजनीतिक पद्धति नै सङ्कटमा पर्छ ।

दलहरू सबल र प्रभावकारी हुँदा मात्र लोकतन्त्र बलियो हुन्छ । यो बिषयमा दलहरु गम्भीर हुनु आवश्यक छ । अहिले गणतन्त्र विरुद्ध आवाज उठ्न थालेको छ । यो गम्भीर चिन्ताको विषय हो । राजावादीहरु गणतन्त्रको विरुद्धमा लागिरहेका छन् । सत्तारुढ तथा प्रतिपक्षी दलमा देखिएको आन्तरिक किचलोको फाइदा उठाउँदै उनीहरू अहिले सक्रिय हुन खोजेको देखिन्छ । लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार