राजनीतिक परिदृश्यहरू सुखद छैनन्

✍️डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर १६ ।

मुलुकमा पछिल्लो समय प्रतिगामी तत्वहरू सल्वलाईरहेका छन् । लोकतन्त्र पक्षधरको लागि यो चिन्ताको बिषय हो । राजावादी पक्षधरहरूको नारा जुलुस र प्रर्दशन दैनिक जसो हुने गरेका छन् । जनताको सहभागीता पनि हुने गरेको दृष्य देख्न सकिन्छ । यसले के जनाउँछ भने मुलुक ठिक ढङ्गले अघि बढन सकेन । अहिले आम जनता निराश छन् । जनतामा देखिएको निराशाको फाईदा राजावादी पक्षधरहरुले लिइरहेका छन् । जनतालाई ‘सरकार भएको अनुभूति दिन सक्नु पर्दथ्यो, सरकार असफल भयो । प्रतिपक्षी दल पनि निरीह बनेर बसेको छ । उसको आवाज कहीँ सुनिँदैन । सरकार गलत बाटोमा जान खोज्दा सही बाटोमा ल्याउने काम प्रतिपक्षी दलको हो । खै प्रतिपक्षी दलले आवाज उठाएको ? यही भएर प्रतिगामी तत्वहरू सल्वलाईरहेका छन् । खै लोकतन्त्रवादी शक्तिहरुले कुरा बुझेको ? मुलुक अफठ्यारो बाटोमा छ । अब सवै लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढौं । लोकतन्त्रवादी शक्तिहरु अव अलमलमा पर्ने होइन । यति बेला वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन भन्ने चिन्ता बढेर गएको छ ।

राजनीतिक दलहरुले सही बाटो ठम्याउन सकेनन् भने मुलुकमा दुर्घटना निम्तिन सक्छ । त्यस्तो दुर्घटना ननिम्त्याउन प्रमुख दलहरू र तिनका नेतृत्वले आ–आफ्नो भूमिकाको पुनः समीक्षा गर्नु पर्ने जरुरी छ । अब दलहरू र तिनका नेताहरुले आफूहरूलाई सच्याएर यो व्यवस्थामा बिघ्नबाधा आउन दिनु हुँदैन ।

मुलुकमा ठूलो परिवर्तन भयो । ब्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा कुनै परिवर्तन हुन सकेन । त्यसले गर्दा जनतामा निराशा बढेको हो । शासकीय अकर्मण्यताका कारण मुलुकको भबिश्य निर्माण हुन सकेन । संघीय स्वरूपअनुसार तीनै तहमा सरकारहरू छन् । तीनै तहका सरकारहरूले जनअपेक्षा अनुसार काम गर्न सकेनन् । जनतामा परिवर्तनको आभास हुनै सकेन । विगतमा झैं विकृत राजनीति प्रदर्शन भइरहेको छ । यसले नागरिकमा पुनः निराशा चुलिन थालेको छ । यही जनअसन्तुष्टिले धेरैलाई फाइँदा पुर्‍याइरहेको छ ।

लोकतान्त्रिक गणतन्त्रको अर्को विकल्प छैन, राजनीतिक दलहरू र तिनका नेताहरू सुध्र्रन जरुरी छ । राजनीतिक दल र तिनका नेताहरू व्यक्तिगत स्वार्थ र सत्तालिप्सामा मात्र केन्द्रित भए । जसले गर्दा यो समस्या आएको हो । नेताहरूको यही रबैयाका कारण जनता अन्योलमा परेका छन । जनताले आफ्नो भाग्य र भविष्य खोजेका छन् । त्यो नभए पछि जनता निराश छन । यही आम निराशाका बीच प्रतिगामी तत्त्वहरुले टाउँको उठाईरहेका छन् । राजनीतिक परिदृश्यहरू सुखद छैनन् ।

यसमा तपाइको मत

अन्य समाचार