काठमाडौं
मंसीर ६ ।
छोटो चलचित्र ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामाबस्दै आएका युवाहरुले तयार पारेका हुन् ।
सिदार्थ बिश्वको लेखन, निर्देशन र सम्पादन रहेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने, ग्रचेगुरुङ, सिदार्थ बिश्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ ।
चलचित्रबाट समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्दशक बिश्व बताउछन् । तिम्रोमेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिश्वले खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुबाष सेन्चुरीको सङ्गीत छ ।






