काठमाडौं,
मङ्सिर २ ।
मंगलबार देशभर थप ५०२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप दुई हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ७९ हजार २४२ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ ।
सक्रिय संक्रमित मध्ये २८ हजार २०७ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७३५ जना होम आइसोलेसनमा छन् ।
देशभर ३५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३१८ जना आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र चार जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र सात जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तैै सुदुरपश्चिममा पाँच आइसियुमा र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र दुई जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ आइसियु उपचाररत छन्।
उपत्यकामा मंगलबार थप ३३९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९९ हजार ६९८ पुगेको छ । काठमाडौंमा ७८ हजार ९३९, जना, ललितपुरमा ११ हजार ४७१ र भक्तपुरमा सात हजार १४२ जना कुल संक्रमित पुगेका छन् ।
यस्तै मंगलबार झापामा ६, संखुवासभामा एक, सुनसरीमा एक, धनुषामा ११, पर्सामा एक, बारामा चार, महोत्तरीमा पाँच, रौतहटमा एक, सप्तरीमा दुई, सलार्हीमा दुई, सिराहमा एक, काभ्रेमा तीन, चितवनमा १८, धादिङमा तीन, मकवानपुरमा १२, रामेछापमा दुई, सिन्धुलीमा एक, सिन्धुपाल्चोकमा दुई, गोरखामा दुई, तनहुँमा तीन, नवलपरासी पूर्वमा नौ, लमजुङमा दुई, बाग्लुङमा एक, स्याङजामा एक, अर्घाखाँचीमा एक, गुल्मीमा दुई, दाङमा एक, नलवपरासीमा चार, पाल्पामा १८, बर्दियामा एक, बाँकेमा चार, रुपन्देहीमा ३६, सुदूरपश्चिमको कञ्चनपुरमा एक, दार्चुलामा एक, जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या एक हजार २४७ पुगेको छ ।






