काठमाडौं,
कार्तिक ३० ।
बिर्तामोडमा बसेर गीत सङ्गीतसँगै अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न गीतकार चुडामणि पौडेलको ‘माया लाउँ कि नलाउँ भो…’ सार्वजनिक भएको छ ।
यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ । टिका भण्डारीको सङ्गीत छ भने सङ्गीत संयोजन छ ।
सञ्चारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका छन् ।
भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका टिका प्रसाईंको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।






